राष्ट्रिय बालमा नृत्य प्रतियोगिता सम्पन्न

Posted on: 18 Oct, 2019


पर्वत । राष्ट्रिय बाल शिक्षा सदन आवासिय माबिमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ . अन्तरसदनात्मक कार्यक्रममा ४० जना सहभागी भएका थिए । निमाविस्तरीय नृत्य प्रतियोगित कक्षा ६ ले आयोजना गरेको विद्यालयले जनाएको छ ।

बिद्यालयका प्रिन्सिप थानेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक शुभेच्छुकको समेत उल्लेख्य उपस्थिति थियो। 

बिद्यार्थिहरूका अतर्नि्हित प्रतिभाहरूलाई प्रस्फूटन गर्नकोलागि यस्ता कार्यक्रम हरेक शक्रबार गर्ने गरेको प्रिन्सिपल ढकालले बताउनुभयो  । विद्यार्थीलाई शैक्षिक शिक्षाको सँगसँगै नैतिक र सांस्कृति शिक्षा दिनको लागि लोकसांस्कृतिबारे चेतना जगाउनको लागि नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।


बिद्यालयले पढाई साथसाथै सांकृतिक कार्यक्रम खेलकुद, शैक्षिक भ्रमण ,बिभिन्न दिबस मनाउने लगायतका कार्यक्रमहरू सन्चालन गर्दै आएको बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले बताउनुभयो।

कक्षा ६ का बिद्यार्थि स्विकृती क्षत्री र गौरब नेपालीले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता कक्षा ६ का बिद्यार्थि आस्था थापाले गर्नुभएको थियो। कार्यक्रममा निर्णायकको रूपमा शिक्षक शुत्र प्रसाद पैडेल र प्राबि तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री हुनुहुन्थ्यो। 

कार्यक्रममा कक्षा २ देखि ५ सम्मका बिद्यार्थिबाट प्रथम कक्षा ५ कि अन्जलि सुनार ,द्वितिय कक्षा ५ कै सुजिता क्षत्री त्यस्तै गरेर कक्षा ६ देखि ८ सम्मका बिद्यार्थि मध्ये कक्षा ६ काा अनिष गुरूङ र द्वितिय कक्षा ६ (ख) का सक्षम भूषा भएका थिए।

बिजयि बिद्यार्थिलाई मेडल र प्रमाणपत्र र पुरस्कारले सम्मान गरेको निमाबि शिक्षक ईन्चार्ज प्रकास आचार्यले जानाकारी गराउनुभयो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!