राष्ट्रपतिबाट स्वतन्त्रत सेनानी आङ सन सङ्ग्रहालय अवलोकन

Posted on: 19 Oct, 2019

कात्तिक २,  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन् ।

स्वतन्त्रता सेनानी सन  म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुनुहुन्छ । सङ्ग्रहालमा राष्ट्रपति  र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गर्नुभएको थियो । 

यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो । सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा  मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!