यस्तो रहनेछ आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | पश्चिमी वायुको प्रभावले देशभर आङ्शिक बदली भई चिसो बढ्दैछ गएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०३ देखि २०७६/०७/०५) जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ । जस अनुसार यस्तो रहनेछ कात्तिक ५ गतेसम्मको मौषमको अवस्था यस्तो रहनेछ:

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४  गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

कार्तिक ०५   गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराई  भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२  स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी  भुभागमा आंशिक बदली रहनेछ। देशको  पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!