कुपण्डोलको एक रेष्टुरेन्टभित्र कार छिरेपछि...

Posted on: 21 Oct, 2019

कात्तिक ४, काठमाडौँ | ललितपुरको कुपन्डोलमा सोमबार दिउँसो एउटा कार ज्रेबा क्रसिङ नजिकै महिलालाई ठक्कर दिएर अनियन्त्रित हुँदै रेस्टुरेन्टमा छिरेर रोकिएको छ ।


७० बर्षीय चालक वृद्ध मुनिराज उपाध्यायले कार चलाउदै गर्दा एक्कासी आफ्नो अगाडि महिला देखेपछि महिलालाई छलाउने क्रममा अनियन्त्रित हुँदै नजिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र छिर्न पुगेको हो । 'प्रदेश ३ बीएए २०६९' नम्बरको कार जावलाखेलको रेष्टुरेन्टभित्र वालमा ठोक्किएर रोकिएको थियो । कार अनियन्त्रित हुँदै रेस्टुरेन्ट भीत्र छिर्दा कुनै मानवीय क्षेती भने हुन पाएन । तर महिला सामान्य घाइते भएकी छन् । उनलाई ललितपुरकै सर्वाङ्ग हस्पिटलमा उपचारका लागि भर्ना गराइएको छ ।

कार रेस्टुरेन्टमा छिर्दा अगाडीको भागमा क्षति पुगेको छ भने चालक उपाध्याय सकुशल छन् । उनले महिलालाई बचाउने क्रममा रेष्टुरेन्टमा छिरेको बयान दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!