विमान दुर्घटनामा पाँच जनाको मृत्यु

Posted on: 24 Oct, 2019

कात्तिक ७, मेक्सिको (रासस सिन्ह्वा) । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । 

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन् ।  

उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । 

सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!