रुकुमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 25 Oct, 2019

ज्ञानु गौतम | कात्तिक ८, रुकुम | रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द्र बि.क र सह चालक सोहि ठाँउका २७ बर्षका चन्द्र बहादुर बि.कको ज्यान गएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह बिष्टले जानकारी दिनुभयो । 

चौरजहारी बजारबाट सिमेन्ट लिएर सानिभेरी गाउपालिकाको बुगिचौर जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर राति चौरजहारी नगरपालिका र सानिभेरी गाँउपालिकाको सिमाना सल्यानिपधेरा भन्ने स्थानमा दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!