अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

Posted on: 26 Oct, 2019

कात्तिक ९ । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ ।

भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ ।

करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो ।  आजको नागरिक दैनिकमा  दिलीप पौडेलले याे खबर लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!