गुल्मीमा जुवा खेल्ने १७ जना पक्राउ

Posted on: 28 Oct, 2019

मङ्सिर ११, गुल्मी | जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई  पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेको प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का  कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् । उनीहरुलाई प्रचलित कानूनअनुसार कारवाही गरिने घलेले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!