बैतडीमा जीपबाट खसेर एक जनाको मृत्यु

Posted on: 28 Oct, 2019

 कात्तिक ११, बैतडी । जीपबाट खसेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । 

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो ।

जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द  खसेर घाइते भएको खडायतले बताउनुभयो । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!