रोकिराखेको बसमा आगजनी

Posted on: 30 Oct, 2019

कात्तिक १३, काभ्रे | अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । 

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!