नेपाल सम्बतलाई राष्ट्रिय सम्पतिको रुपमा स्वीकार्नुपर्छ – सांसद सिलवाल

Posted on: 30 Oct, 2019

कात्तिक १३, काठमाडौँ । नेकपा केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य नारायण सिलवालले नेपाल सम्बत्लाई राष्ट्रिय सम्पत्तिको रुपमा मनाउनुपर्ने बताएका छन् । 

राजधानीको हाडीगाँउमा मंगलबार न्हुदँया भिन्तुनाको अवसरमा पासा पुचः नरद्वारा आयोजीत कार्यक्रममा सांसद सिलवालले सो कुरा बताएका हुन् । उनले नयाँ वर्ष अर्थात  नेपाल सम्बत् ११४० को शुभकामना व्यक्त गर्दै नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को रुपमा राज्यले मान्यता दिईरहेको अवस्थामा  सबै पक्षबाट व्यवहारिक ढंगले मनाउनुपर्ने बताए । नेपाल सम्बत् कुनै भाषा, जात, समुदायको मात्र नभई नेपाल र सम्पूर्ण नेपालीहरुको सम्पत्तिको रुपमा रहेको उल्लेख गर्दै सबैले यसको व्यवहारिक रुपमा मनाउनुपर्ने तर्क राखे । 


यस वर्ष राष्ट्रिय सम्बत्को तिथि र मितिमा आएको समस्यालाई आत्मसाथ गरी आगामी दिनमा त्यस प्रकारको विवाद र समस्या नआउन  पञ्चांक समिति र राज्य व्यवस्था पक्षलाई सुझाव दिए ।  

त्यसै गरी काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगालेले  न्हुदँया भिन्तुनाले वडावासी तथा सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति समृद्धिको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि अतिथिहरु जेष्ठ नागरिक देशवास डंगोल र श्रीमती मनमाया डंगोल, नेकपा नेता विरेन्द्र प्रजापती, पूर्व वडा अध्यक्ष सूर्यलाल प्रजापति लगायत रहेका थिए ।  हाडीगाउँबासी बुद्धिजीवि, महिला, युवा तथा अग्रजहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा  पासा पुचः नरका अध्यक्ष तथा कार्यक्रमका सभापति रोहन प्रजापतीले विभिन्न पुचः समूह र क्लवलाई सम्मान गरेका थिए भने कार्यक्रम सञ्चालन गोपाल डंगोलले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!