काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना : तीनको मृत्यु, २० घाइते

Posted on: 31 Oct, 2019

कात्तिक १४, काठमाडौँ | सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते छन्।

आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


मृत्यु हुने र घाइतेहरूको नाम खुलेको छैन। महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार घाइतेहरूको उद्धार गरिसकिएको छ।


- तस्वीर स्रोत: सरोज बस्नेतको ट्वीटर तथा विष्णु खड्का 

यस बिषयमा तपाइको प्रतिक्रिया...!