कोदालोको विंडले हानेर ज्यान मार्ने एक युवक पक्राउ

Posted on: 01 Nov, 2019

कात्तिक १५, खोटाङ | कोदालोको विंडले टाउको पछाडी हानेर ज्यान मार्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी २४ वर्षीय पवन राई रहेका छन् ।

उनले सोही ठाउँका अन्दाजी १९/२० वर्षीय मिलन राईलाई बिहीबार राती कोदालोको विंडले हानेर ज्यान मारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोद कुमार खेरवालले जानकारी दिए । गाउँमा २/३ दिन अगाडी घटेको घट्ना मिलाउन छलफल गरेर फर्कने क्रममा पवनले मिलनलाई आक्रमण गरेका हुन् ।

घट्ना राती करीव साढे ८ बजे घटेको भए पनि त्रासका कारण गाउलेहरुले राती १० बजे मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै प्रहरीले निज पवनलाई पक्राउ गरी कानुनी कारवाही अगाडी थालेको छ । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पातल दिक्तेलमा ल्याइँएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!