बागलुङको एक जङ्गलमा तीन शव फेला

Posted on: 02 Nov, 2019

कात्तिक १६, बलेवा । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् । 

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो । गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो । 

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताउनुभयो । “नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उहाँले भन्नुभयो, “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!