होली पर्वलाई विकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यलय रामेछापको आग्रह

Posted on: 21 Mar, 2016
चैत्र ८, प्रज्वल पौडेल , रामेछाप । होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्ने लगायत कार्य गर्नेलाई रामेछापमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको छ । होली पर्वको नाममा जथाभाबी लोला हान्ने, ईच्छा विना रंग अविर लगाई दिने, महिला हिँसाजन्य कार्य गर्ने लगाएतलाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको हो । आज दिउँसो सदरमुकाम मन्थलीमा माइकिङ गर्दै जिल्ला प्रहरी कार्यलय रामेछापले होली पर्वलाई विकृतिमुक्त बनाउन आग्रह गरेको छ । पर्वको नाममा विकृति फैलाउने काम गरे कानुनी दाहेरामा ल्याईने प्रहरी कार्यलयको भनाइ छ । होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङगे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत सजाय हुने भएकाले विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!