भारतमा गाँजासहित १२ नेपाली पक्राउ

Posted on: 04 Nov, 2019

कार्तिक १८, एजेन्सी | भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन् | शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो | जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ।

१२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जानाबाट पक्राउ गरेको स्थानीय प्रहरी गौरव सिहंले भारतीय सञ्चार माध्ययम एएनआइले जनाएको छ।

प्रहरीले ६ घण्टा हिँडेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट २ केजी ९१३ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!