कालंगा जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता चारै जना मजदुर मृत फेला

Posted on: 04 Nov, 2019

कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र बेपत्ता भएका चारै जना मृत अवस्थामा फेला परेका छन्  | मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद– ६ महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी रहेका छन् |

नेपाली सेनाको टोलीले अहिले शव बाहिर निकाल्ने प्रयास गरिरहेको बझाङका डीएसपी गणेशबहादुर बमकाले जानकारी दिए |अनुसार मृतकहरु सुरुङको १३ सय मिटर भित्र फेला परेका हुन् | सेनाको नौ सदस्यीय टोली उद्धारका लागि सुरुङभित्र छिरेको छ ।

आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र ७ जना छिरेका थिए । तीमध्ये तीनजना शास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्केका थिए । सुरुङभित्र छिरेका ४ जना झण्डै २५ घण्टापछि मृत अवस्थामा भेटिएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!