नेकपा सचेतक शान्ता चौधरी चढ्ने गाडी दाङमा दुर्घटना

Posted on: 05 Nov, 2019

कात्तिक १९, दाङ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ | लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी  दुर्घटना भएको हो | 

चालक रतन चौधरी भने सकुशल छन् | उनका अनुसार सडकमा जरायो आएको र गाडी रोक्न खोज्दा अनियन्त्रित भई खोलामा खसेको हो | उनलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ | थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए |

सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!