राजधानी भित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम

Posted on: 05 Nov, 2019

कार्तिक १९,काठमाडौं | मुलुकको राजधानी काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ | यातायात ब्यबसायी र महानगरीय ट्राफिक प्रहरी महाशाखा संगको छलफल पछि नयाँ नियम लागु गर्ने निर्णय भएको हो |

१५ दिनभित्र लागु हुने गरि सोहि अनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ | यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ | 

यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!