कालंगा जलविद्युतको सुरुङ भित्र ज्यान गुमाएका चारै जनालाई प्रति ब्यक्ति १३ लाख दिने निर्णय

Posted on: 05 Nov, 2019

धुर्व बिस्ट | कार्तिक १९, बझाङ |  बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङमा अक्सिजनको कमीले ज्यान गुमाएका चारै जनालाई कालंगा जलविद्युत आयोजना प्रालिले प्रति व्यक्ति विमा सहित रु १३ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने भएका छ |

यहि साताको आइतबार कालंगा जलविद्युत आयोजनाको सुरुङ बुङ्गल नगरपालिका वडा न १ दाडिमगाड स्थित सुरुङ भित्र काम गर्न गएका चार जना कामदारको अक्सिजनको कमीले मृत्य भएपछि उनीहरुको  उद्धारको लागी सोमबार दिउसो काठमाडौँबाट सशत्र प्रहरीको गोताखोर टोली हेलिकोप्टर मार्फत आएको थियो । सुरुङ भित्र अक्सिजनकोअभाव भएकौ कारण उक्त टोलीलाई पनि उद्दारमा कठिनाई भएको थियो | 


सुरुङमा ज्यान गुमाउने मध्येमा दैलेखको गुरास गाँउपालीका वडा -३  पुनाकोट बस्ने लोकेन्द्र जङ शाहीका छोरा वर्ष २८ का महेन्द्र शाही, सोहि ठाँउका नर बहादुर शाहीका छोरा बर्ष ३५ का कर्ण बहादुर शाही त्यस्तै मृत्यु हुनेमा अछामको तुमुखाद गाँउपालीका रानी वन निवासी विर किशोर साँउदका २६ वर्षीय छोरा महेन्द्र शाँउद र बझाङको बुङगल नगरपालीका वडा नम्बर १ दलानका मान बहादुर धामीका ३० वर्षीय छोरा शेरसिंह धामी रहेका छन ।


धेरै पटको प्रयास पछि मृतक तिन जनाको हिजो नै उदार गरीए पनि शेर सिंह धामीको भने आज मात्रै शव फेला पारेको हो | दारीमगाड हाईड्रोका पिएम सिताराम घिमीरेका अनुसार परिवारको विमा सहीत मृतकलाई रु १३ लाख रुपैया अबको पन्ध्र दिन भित्र जिल्ला प्रशासन कार्यलय बझाङको मातहतमा नाता प्रमाणीत गरी आफन्तलाई बुझाउने बताएका छन् | लास पोस्टमाटमको लागि जिल्ला अस्पताल चैनपुर लागिएको छ | पोस्टमाटम पछि मात्र आफन्तलाई बुझाउने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!