खोटाङमा सर्वसाधारणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता

Posted on: 06 Nov, 2019

चिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | खोटाङमा सर्वसाधरणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अन्य समय र चाडवाडमा सर्वसाधरणले ज्यान जोखिममा राखेर कोचाकोच गरी सामान बोक्ने ट्याक्टरमा यात्रा गर्नु परिरहेको हो । यस कारण दुर्घट्नाको संम्भावना बढेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकाको ६ वडा र भोजपुरको आमचोक गाउँपालिकाको दुई वडाका सर्वसाधरणहरु अन्य केही विकल्प नहुंदा ट्याक्टरमा यात्रा गर्न बाध्य छन् । जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट दूधकोशी नदिको बंसिलाघाट २३ किलोमिटर र चिसापानी–मौवाबोटे हुंदै २९ किलोमिटर साघुंरो कच्ची सडकमा बाध्यताले ट्याक्टरमा यात्रा गर्नुपरेको एक स्थानीयले जानकारी दिए । 


चिसापानीबाट बंशिलाघाट रुटमा बस तथा साना जीपहरु सञ्चालन नहुंदा पाँच सय भाडा तिरेर सर्वसाधरण तराई झर्ने गर्छन् । सो भेगमा चल्ने १६ वटा बुलेरो भए पनि सवै विग्रिएर नचलेका कारण गाउँसम्म ट्याक्टर रिर्जभ गरेर अन्यत्र जानुपर्ने बाध्यता छ । ट्याक्टरमा यात्रा गर्दा बिरामी, बालबालिका, बृद्धबृद्धा, अशक्त, सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ । सिमित ट्याक्टर भएकाले यात्रुको चाप अत्याधिक बढ्ने गरेको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको सो भेगमा कच्ची सडकहरु भए पनि गाडीहरु चल्दैनन् । 

कतिपय विधालयहरुमा खानेपानीको अभाव छ । राम्रो स्वास्थ्य चौकी, सवैमा विजुली वत्ती र सवैको पहुंच पूग्नेगरी टेलिफोन समेत राम्रो छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!