भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै

Posted on: 06 Nov, 2019

कार्तिक २०, काठमाडौँ | सचिन युनिसेफको कार्यक्रममा सहभागी हुन भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् | युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने जनाइएको छ | १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानि भइरहेको छ |

युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन् नेपाल आउने भएका हुन् | उनी त्यहि दिन भारत फर्कने कार्यक्रम रहेको जनाइएको छ | विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन् | यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ | यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न युएई जाँदैछन् |

पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा युएई जाँदैछन् | पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको थियो | युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी-१० लिगका कारण सम्भव नहुने भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!