रङहरुको पर्व होली हर्षोल्सापूर्वक पहाडि क्षेत्रमा मनाइदै

Posted on: 22 Mar, 2016

चैत ९, प्रज्वल पौडेल, रामेछाप । विभिन्न रङ अविर र लोला खेली आज होली पर्व मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई रामेछाप लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ ।

यसै क्रममा विभिन्न विद्यालयहरु संघ संस्थाले होलीको उल्लासमय कार्यक्रम आयोजना गरेका छन् । पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।

भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!