बैतडीमा वडा सदस्य मृत फेला

Posted on: 08 Nov, 2019

कार्तिक २२, बैतडी | बैतडीको एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन् | जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ |

 पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए  |

उनका अनुसार पार्कीको शरिरमा देखिने चोट पटक भने छैन् | परिक्षणका लागि सदरमुकाम ल्याउन लागेको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!