प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

Posted on: 08 Nov, 2019

कात्तिक २२, जनकपुरधाम | आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ |  मुस्लिम समुदायको पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर  सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ |

मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर महम्दको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् | प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!