बझाङमा रुख काट्ने क्रममा रूख मुनि च्यापिएर एक जनाकाे मृत्यु

Posted on: 09 Nov, 2019

धुर्व बिस्ट । कार्तिक २३, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नं ६ मा रुख काट्ने क्रममा एक जना स्थानीयको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वड नं ६ मल्लीबाँती घर भएका प्रिते भनीने (पोचे धामी) को रुख काट्ने क्रममा रूख ढलेपछि ज्यान गएकाे हाे । 

प्रत्यक्षदर्शिका अनुसार बुङ्गल नगरपालिका ६ का स्थानीय सुरेस भण्डारीको खेतमा रहेको सिमलको रुख काट्ने क्रममा उनको ज्यान गएको हो । रुख काट्न भने भण्डारीकै गाँउका स्थानीय पर्से भण्डारी गएका थिए । तर प्रिते धामी रुख आधाकाटी सकेपछि म काट्छु भन्दै गएर रुख काटने क्रममा रुख ढलेपछि उनकाे ज्यान गएकाे हाे । 

उनी रुख ढलेकै ठाँउतिर दैडेका थिए । उनकाे घटना स्थलमै ज्यान गएको बुङ्गल ईलाका प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए । शवको पोस्टमाटमको लागि प्रथमिक स्वास्थ्य केन्द्र देउलेख लगीएको बाेहराले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!