घाँस काट्ने क्रममा भिरबाट लडेर बुङ्गलमा एक महिलाको मृत्यु

Posted on: 10 Nov, 2019

धुर्व बिष्ट | कार्तिक २४, बझाङ | शनिबार बेलुकी घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङको बुङ्गलमा एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका वडा न ५ सट्टाय स्थायी घर भएकी ३४ बर्षिय अन्जना धामीको बिरेखोला अन्तर्गत किलाहाल्लेको भीरबाट लडेर  मृत्यु भएको सरस्वती मा.वि बिजगडाका शिक्षक जनक कुँवरले जानकारी दिए |

शनिबार बिहान एकलै घाँस काट्न हिडेकी अन्जना साँझसम्म घर नआएपछि हिजोनै खोजीकार्य भएको थियो | खोजी गर्दा फेला नपरेपछि साँझ सबै आफन्त निरास हुदै घर फर्किएको उनका श्रीमान अक्कल धामीले बताए | उनका अनुसार अन्जना हिजोनै लडेकि थिईन | उनलाई आज बिहान फेला पारेको हो | ३४ बर्षिय अन्जना बुङ्गल नगरपालिका ५ सट्टायमा अवस्थित बुङ्गल आयुर्वेदिक औषधालयमा सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् |

उनका दुई छोरा रहेका छन | अहिले घटना स्थलबाट उनको शव ल्याउने तयारी भइरहेको रेडियो सेरोफेरोका पत्रकार सुरेश कुँवरले बताए | विगत केहि समय देखि हालसम्म बिरेखोला,किलाहाल्ले भिरबाट लडेर १४ जना स्थानीयको ज्यान गइसकेको बुङ्गल नगरपालिका ५ नम्बर वडा अध्यक्ष परयागराज धामीले बताए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!