सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

Posted on: 10 Nov, 2019

कात्तिक २४, काठमाडौं | सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ | 

शनिबार साँझ ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीलेपक्राउ गरेको हो |

घटनाबारे जानकारीपाए लगतै  ईलाका प्रहरी कार्यालय सोताङको टोलीले शिवलाई नियन्त्रणमा लिएको जनाएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!