डा केसीको समर्थनमा डडेल्धुरामा सरकारी गाडी चलाउन रोक

Posted on: 10 Nov, 2019

कात्तिक २४, डोटी | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ | डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् |

आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए  | सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरिएको बताए |

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताए । प्रजिअ पौडेलले भने ‘सरकारी गाडी चल्छन्, कसैले रोक लगाउँदैमा थन्किनन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!