६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बालाई अख्तियारले गर्यो पक्राउ

Posted on: 10 Nov, 2019

कार्तिक २४, काठमाडौँ | ६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ | जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् |

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई ६० हजार घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अख्तियारका अनुसार ६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!