कैलालीमा अज्ञात समूहद्वारा बसमा आगजनी

Posted on: 11 Nov, 2019

कार्तिक २५, कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ | काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो |

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए | दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै  आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!