त्रिभुवन अन्तर्राष्टिय विमान स्थलबाट दुई किलो चाँदीसहित भुटानी नागरिक पक्राउ

Posted on: 12 Nov, 2019

कात्तिक २६, काठमाडौं | त्रिभुवन अन्तर्राष्टिय विमान स्थलबाट दुई किलो चाँदीसहित भुटानी नागरिक पक्राउ परेका छन् | पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् |

ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो | ब्याग चेकिंगको क्रममा अबैधरुपमा दुई किलो चाँदीसहित उनलाई पक्राउ गरेको हो |

उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!