रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट, एक जना भारतीय नागरिक पक्राउ

Posted on: 12 Nov, 2019

कात्तिक २६, रौतहट | रौतहटको इशनाथ नगरपालिका  मठियामा रहेको प्रहरी चौकीमा विष्फोट भएको छ  | उक्त बिष्फोटमा एक प्रहरी जवान  रञ्जित यादव घाइते भएका छन् | एकजना भारतीय नागरिक पक्राउ परेका छन् |

भारत बिहारको ढाकाका चन्दन कुमार र उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ | उनी संगैका एकजाना ब्यक्ति भने फरार रहेका छन् |

घटनास्थलतर्फ जिल्लाबाट  प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको बताइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!