डाक्टर केसीले तोडे अनसन

Posted on: 12 Nov, 2019

कार्तिक २६, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् | आज  मंगलबार ९ दिन पछि उनले आफ्नो अनसन तोडेको घोषणा गरेका हुन् |

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाए। चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए।

केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन्। सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!