पाँचथरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Posted on: 13 Nov, 2019

कात्तिक २७, फिदिम । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।

निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!