आफन्तले नै १० हजार भारुमा किशोरी बेचेपछि...

Posted on: 13 Nov, 2019

कात्तिक २७, काठमाडौं | १५ वर्षीया एक किशोरी १० हजार भारुमा आफन्तबाटै बेचिएकी छन् | ति बालिकालाई भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको आरोपमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ पक्राउ परेकी छन् |

मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो | ति किशोरीलाई भारतमा कोठी संचालकले बन्धक बनाएर राखेको अनुसन्धानमा खुल्न आएको ब्युरोका एसपी गोविन्द थपलियाले जानकारी दिए |

पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!