युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : उपाध्यक्ष ढुङ्गेल

Posted on: 22 Mar, 2016

चैत ९, प्रज्वल पौडेल, रामेछाप ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउने बताउनुभएको छ । पहिलो पटक युवा केन्द्रित गरी गठन भएको परिषदका उपाध्यक्ष ढुङ्गेलले युवा लक्षित सीप, रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मदन भण्डारी फाउण्डेशन रामेछापले सदरमुका मन्थलीमा सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष ढुंगेलले नेपालमा विभिन्न मन्त्रालयमार्फत् युवाका क्षेत्रमा बजेट खर्च गरेपनि नतिजा भने आउन नसकेको टिप्पणी गर्नुभयो ।

madhav dhungel

उहाँले विगतमा युवा मन्त्रालय अन्तगर्त सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोले राज्यले युवा परिषद गठन गरेर काम गरेको धारणा राख्नुभयो । देश विदेशिएका युवाले पठाएको रेमिटेन्सबाट चलेको बताउँदै ढुंगेलले युवा परिषद्ले ठोस रणनीतिका साथ युवालक्षित नतिजामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामेछाप एमालेका अध्यक्ष शान्तिप्रसाद पौडेल, उद्योग वाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहाल, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतले ढुंगेलको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

madhav dhungel 2

यस बिषयमा तपाइको प्रतिक्रिया...!