चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 14 Nov, 2019

कात्तिक २८, चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ । 

पेस्तोलसहित दुई पक्राउ

इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

 उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो । बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!