आलमको थुनछेक बहस सकियो, आदेश आजै आउँने

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | रौतहटमा बमकाण्ड र हत्याको आरोप् लागेका नेपालि कांग्रेसका निलम्बित सांसद मोहमद अफताब आलमको थुनछेक बहस आज शुक्रबार सकियको छ | थुनछेक बहस पछि अदालतले आजै निर्णय गर्ने छ |

उनि माथि १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेको थियो | रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा आठ दिनदेखि चलिरहेको थुनछेक बहस शुक्रबार सकिएको हो |

उनलाई थुनामा राख्नु पर्ने भन्दै रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइरालालगायत तीन सरकारी वकिलले बहस गरेका थिए |आलमलाई छोड्न नहुने भन्दै जाहेरवालाहरूको तर्फबाट भने बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, अधिवक्ता पुष्प पौडेल, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए। सरकारी वकिल र जाहेरवालाका गरी आलमविरूद्ध १३ जनाले बहस गरेका थिए |

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँटा भट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो | बम विष्फोटमा मारिएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!