मकवानपुरको भीमफेदी कारागारबाट एकजना कैदी फरार

Posted on: 17 Nov, 2019

मंसिर १ , मकवानपुर | मकवानपुरको भीमफेदी कारागारबाट एक जना कैदी भागेका छन् | कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् |

कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका थिए | सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर उनि भागेको कारागारका जेलर प्रकाश खनालले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!