३६ लाख रुपैयाँ सहित हुण्डी कारोबारी काठमाडौँबाट पक्राउ

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौं | हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँबाट ३६ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् |

अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना प्राप्त भएपश्चात प्रसादलाई पक्राउ गरेको कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले  बताए |  उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल बरामद गरेको छ |

उनलाई आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो |  थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!