२ सय विद्यार्थीले पाए दाताबाट शैक्षिक सामग्री ।

Posted on: 22 Mar, 2016

चैत्र ९, प्रज्वल पौडेल , रामेछाप ।

रामेछापको गेलु स्थित पशुपति निमावि भुलभुलेका २ सय विद्यार्थीले दाताबाट शैक्षिक सामग्री प्राप्त गरेका छन् । आदिवासी जनजाति पत्रकार समाज फोनिज जापानका अध्यक्ष शान्तकुमार पहरीमार्फत् विद्यार्थीले सोमबार शैक्षिक सामग्री प्राप्त गरेका हुन् । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच पहरीले कापी, कलमलगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पहरीले विद्यालयका हरेक कक्षाकोठामा भित्ते घडीसमेत प्रदान गर्नुभएको छ । सो अवसरमा पहरीले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयका प्रअ विष्णुबहादुर खत्रीले पहरीलाई सहयोगका लागि धन्यवाद दिनुभयो ।

यता रामेछापको गागल भदौरै स्थित भारति उमावि मेगर्पाले ३९ औ स्थापना दिवस तथा अभिभावक भेला मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर खड्का र सहायक जिल्ला शिक्षा अधिकारी रमेश सिंह थापाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका  प्रधानाध्यपक रामबहादुर श्रेष्ठले आर्थिक बर्ष २०७१÷७२को कूल ५४ लाख ५० हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । उहाँले १० बुँदे आगामी कार्ययोजना प्रस्तुत भएको समेत जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!