१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताउँछन्  ।

‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ,  त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!