प्रकाशलाई श्रद्धाञ्जली दिन नेता कार्यकर्ता प्रचण्ड निवास खुमलटारमा

Posted on: 19 Nov, 2019

मङ्सिर ३, काठमाडौँ | पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र  प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ | स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास  पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् |

प्रकाश दाहालको २०७४ साल मङ्सिर ३ गते हृदयघातका कारण निधन भएको थियो | नेता कार्यकर्ताहरुले स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् | ‘कुनै औपचारिक कार्यक्रम राखिएको छैन । 

तर अनौपचारिक रुपमा फोटोमा माल्यार्पण गर्न तथा स्वर्गीय दाहाललाई स्मरण गर्न नेता कार्यकर्ता बिहानैबाट खुमलटार आउनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!