बैतडीकी स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

Posted on: 19 Nov, 2019

मंसिर ३, बैतडी |  बैतडीकी स्कुले युवती पूजा बोहरा  बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई सर्वोच्च अदालतले साढे ११ वर्षको जेल सजायँ सुनाएको छ | 

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो | सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो |

साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ | यो समाचार आजको गोरखापत्र दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!