अछामबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

Posted on: 19 Nov, 2019

मंसिर ३ , काठमाडौं | अछामको रामारोशन गाउँपालिका-६ पुदुबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्नेमा सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर रहेको  प्रहरीले जनाएको छ |

उनीहरुलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा सोमबार राति पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!