१४ वर्षपछि पत्रकार महासंघ सरकारी भवनमा , केक काटेर खुसियाली

Posted on: 19 Nov, 2019

पर्वत । स्थानाको १३ औं वर्षसम्म भाडाको घरमा बस्दै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत १४ औं वर्षदेखि भने सरकारी भवनमा बस्ने अनुमति पाएको छ ।

भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्नो स्थापना दिवसको १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा सरकारी भवनमा स्थनान्तरण भएको हो ।

आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली रहेको सरकारी भवनमा स्थानन्तरण गरिएको हो । संघीयताको कायान्वयन सँगै खाली वनेको जिल्ला शिक्षा समन्वय ईकाईका बार्षिक परिक्षा समितिको कार्यालयमा पत्रकार महासंघको कार्यालय सारिएको हो । जिल्लाको अधिकार स्थानीय तहमा गएपछि खालीजस्तै बनेको उक्त भवन संघीय सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र जिल्ला शिक्षा समन्वय ईकाईका कार्यालय प्रमुख उद्धिमराज पौडेलको पहलमा पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ स्थापना दिवसको अवसरमा नयाँ भवनवाट कार्यालय संचालन शुरु गरिएको अध्यक्ष छविलाल तिवारीले जानकारी बताए  । स्थापनाको  १४ वर्षमा  केक काटेर नयाँ भवनवाट कार्यालय संचालन गरिएको हो ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!