बझाङमा गएको ५.७ रेक्टरको भूकम्पले घर चर्किए

Posted on: 20 Nov, 2019

सम्राट सिंह | मंसिर ४, बझाङ | मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् | भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।

यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए । ‘भूकम्पले धेरै नै हल्लाएको थियो तर धन्न कुनै अप्रिय खबर आएको छैन,’ उनले भने ।

धेरै पुराना घर भएकाले भूकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ ।भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । अन्य ठाउँमा भूकम्पले कति क्षति गर्यो भन्ने विवरण भने आएको छैन ।भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तर भारतसम्म महसुस गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!