बैतडीमा वडाध्यक्ष मृत फेला

Posted on: 20 Nov, 2019

मंसिर ४, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ |

अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए | गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!