अछामको वैद्यनाथ धाममा सवा करोड दिप प्रज्वलन गरिने

Posted on: 20 Nov, 2019

मङ्सिर ४, अछाम | ‘पिण्डेश्वर शिवलक्ष्मी धामले धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्न लागेको छ | जसमा वैद्यनाथ धाममा  सवा करोड दिप प्रज्वलन गरिने भएको हो | 


मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड दिप प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले जनकारी दिए | वैद्दनाथ धाम नेपालका प्रसिद्द चार धाम पाशुपती  क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्येको हो | 

साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा रहेको धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!